शनिबार, फागुन ३०, २०८२

भारतमा डेढ महिनादेखि बन्द रेलसेवा सञ्चालन

कोरोना भाइरस महामारीका कारण विगत डेढ महिनादेखि बन्द रहेको भारतीय रेल सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

National life
Laxmi sunrise bank
kumari

नयाँदिल्ली- कोरोना भाइरस महामारीका कारण विगत डेढ महिनादेखि बन्द रहेको भारतीय रेल सेवा मंगलबारदेखि सञ्चालनमा आएको छ।
यसअघि भारतका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य सामान ढुवानीका लागि रेलसेवा आंशिक रुपमा सञ्चालनमा थियो। यात्रुबाहक रेल भने पूर्ण रुपमा बन्द थियो ।
रेल सेवाका लागि सोमबार अपराह्न ४ बजेदेखि नै अनलाइन बुकिङ खुलेको थियो। तर रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न नपाइने व्यवस्था गरिएको छ। काउन्टरमा भीडभाड हुने भएकाले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरूले जानकारी गराएका छन्।
रेलका मजदुरहरुले रेल सेवा पुनः सञ्चालनका लागि पहिल्यै देखि सरकारलाई आग्रह गर्दै आएका थिए।
भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने बताइएको छ। नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मुतावीका लागि रेलसेवा उपलब्ध हुने छ ।
रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरूलाई रेलमा प्रवेश गर्न नदिइने तथा सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ।
यसरी सञ्चालनमा आएका रेलहरुमध्ये केही दैनिक र अरु केही साप्ताहिक रुपमा सञ्चालनमा आउने व्यवस्था गरिएको छ।

प्रकाशित: May 12, 2020| 14:00 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।