शनिबार, भदौ ६, २०८३

सप्तरीका कोरोना संक्रमित युवकको गाउँ ‘सिल’

कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका सप्तरीका युवकको गाउँ ‘सिल’ गरिएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

जनकपुरधाम– कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका सप्तरीका युवकको गाउँ ‘सिल’ गरिएको छ। सप्तरी, डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना संक्रमित युवकको गाउँ सिल गरिएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैल टोल र वरिपरिको क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

आइतबार क्वारेन्टिनबाट घर पठाइएको डाक्नेश्वरी नगरपालिका–३ बस्ने १८ वर्षीय एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएलगत्तै घर पठाइएका युवकलाई तत्काल राविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

युवकमा कोरोना पुष्टि भएपछि उनका आमा, हजुरआमा र हजुरबुबाका साथै उनले भेटेका सबैलाई क्वारेन्टिनमा भर्ना गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए।

क्वारेन्टिनमा फिर्ता पठाइएपछि उनले सँगै खाजा खाएका चार जना साथी र चितवनबाट सँगै फर्केका १२ जनालाई समेत क्वारेन्टिनमा राखिएको प्रसाईंले जानकारी दिए। उनले क्वारेन्टिनमा राखिएका सबैको स्वाब परीक्षण गरिने बताए।

वैशाख ९ गते चितवनबाट १३ जना साथीसहित घर फर्किएका युवकको जिल्ला स्वास्थ्य कार्यालयको टोलीले वैशाख २५ गते डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र मावि पातो क्वारेन्टिन पुगेर स्वाब संकलन गरेको थियो।

प्रकाशित: May 12, 2020| 13:45 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।