शनिबार, भदौ ६, २०८३

५० दिनपछि खुलेको सेयर बजारमा पहिरो

कोरोना भाइरसको संक्रमणबाट जोगिन भएको लकडाउनका कारण बन्द भएको सेयर बजार आज (मंगलबार) बाट खुलेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

कोरोना भाइरसको संक्रमणबाट जोगिन भएको लकडाउनका कारण बन्द भएको सेयर बजार आज (मंगलबार) बाट खुलेको छ।

खुलेको डेढ घण्टामै २५ अंकले आरोलो लागेपछि कारोबार बन्द भएको छ। प्रतिशतका आधारमा हेर्ने हो भने नेप्से परिसूचक २.०२ प्रतिशतले घटेको छ। जसकारण सबै समूहका लगानीकर्ताहरुले गुमाएका छन्।

नेप्से मापन गर्ने सूचक २५.३० अंकले घटेर १२२६.१५ बिन्दुमा रोकिएको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३९ अंकले घटेर २६५.६७ बिन्दुमा रोकिएको छ। ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयर १० करोड ४३ लाख ७२ हजार ६४६ रुपैयाँमा सेयर किनबेच भएको छ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २६.११, डेभलपमेन्ट बैंकको १५.३६, जलविद्युत् १५.३५, निर्जीबन बीमा कम्पनी ७२.३३, उत्पादन तथा प्रशोधन समूहको ३४.४६, माइक्रोफाइनान्स समूहको १८.०५, जीवन बीमा समूहको उपसूचकमा १५७.७८ अंकको गिरावट आएको छ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेकाले सेयर बजार तीव्र गतिले घट्ने अनुमान गर्दै २ प्रतिशतभन्दा बढीले तलमाथि भए किनबेच बन्द गर्ने निर्णय भएको थियो। त्यही अनुसार मंगलबार दुई घण्टाका लागि खोलिएको बजार समयअघि नै कारोबार बन्द भएको हो।

प्रकाशित: May 12, 2020| 12:54 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्