आइतबार, भदौ ७, २०८३

सरकारको नीति तथा कार्यक्रम २ जेठमा

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ २ गते ल्याउने भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं-  सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ २ गते ल्याउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते  अपराह्न चार बजे सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने भने पनि मिति टुंगो लागेको थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नेछिन् ।

प्रकाशित: May 12, 2020| 13:29 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।