शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबी बैंकले सुरूगर्‍याे अनलाइन कर्जा आवेदन तथा 'रियल–टाइम' ट्र्याकिङ प्रणाली

एनएमबी बैंकले सुरूगर्‍याे अनलाइन कर्जा आवेदन तथा 'रियल–टाइम' ट्र्याकिङ प्रणाली

 |  शुक्रबार, भदौ ५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०८३

काठमाडौं- एनएमबी बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ।यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।

नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी 'रियल-टाइम' मा ट्र्याक गर्न सक्नेछन्।यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ।

अनलाइन कर्जा आवेदन दिने सहज तरिका:digi.nmb.com.np मा लग–इन गर्नु पर्नेछ।लोन सर्भिसमा गई एक्सप्लोर प्रोडक्टमा क्लिक गर्ने।आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भर्ने।

फारम बुझाउनासाथ तुरुन्तै अनलाइन लोन ट्र्याकिङ आइडी प्राप्त हुनेछ। उक्त ट्र्याकिङ आइडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति सोझै हेर्न सकिनेछ।

नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरू गरिएको बैंकले जनाएको छ।सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताइएको छ।

बैंकले हाल १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रकाशित: Aug 21, 2026| 14:20 शुक्रबार, भदौ ५, २०८३
प्रतिक्रिया दिनुहोस्