शनिबार, भदौ ६, २०८३

सीमामा अलपत्र नागरिकको तत्काल उद्धार गर : आयोग

'नेपालको संविधानको धारा ५२ बमोजिम आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्धन गरी राज्यको दायित्व वहन गर्न आयोग नेपाल  सरकारको ध्यानाकर्षण गराउँदछ।'
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले सीमा नाकामा अलपत्र नेपालको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरी उद्धार गरिएका नेपाली नागरिकलाई विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टिन तथा आइसोलेसनमा राखी आवश्यक स्वास्थ्य परीक्षण गराउन सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले भनेको छ, 'नेपालको संविधानको धारा ५२ बमोजिम आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्धन गरी राज्यको दायित्व वहन गर्न आयोग नेपाल  सरकारको ध्यानाकर्षण गराउँदछ।'

भारतबाट फर्किरहेका नेपालीबाट कोभिड–१९ को संक्रमण हुन सक्ने भन्दै सुरक्षाकर्मीले स्वदेश प्रवेशमा रोक लगाएकाले वैकल्पिक बाटोबाट नेपाल प्रवेश गरेको तथा कतिपय नागरिक सीमा नाकामै असुरक्षित रहिरहेको अवस्थाप्रति आयोले गम्भीर ध्यानाकर्षण गराएको छ।

सीमा नाकामा आई क्वारेन्टिनमा बसेकाहरुसमेत विगत ६ हप्तादेखि अलपत्र परेको आयोगको विज्ञप्तिमा उल्लेख छ। आयोगले भनेको छ, 'यसरी वैकल्पिक बाटोबाट स्वदेश प्रवेश गरेका व्यक्तिको स्वास्थ्य परीक्षण नहुने तथा गाउँसहरमा लुकिछिपी रहने कारणबाट संक्रामक रोगको जोखिम बढ्ने सम्भावना देखिन्छ।'

नेपालको संविधानको धारा १६ द्वारा प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १७ द्वारा प्रदत्त स्वतन्त्रताको हक र धारा १८ द्वारा प्रदत्त समानताको हकको हनन हुनुका साथै नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि, १९६६ को अतिरिक्त सम्मानित सर्वोच्च अदाल तहको आदेश समेत प्रचलन हुन नसकेको आयोगको ठहर छ। 

आयोगले नेपालको संविधानको धारा ५२ बमोजिम आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्बद्र्धन गरी राज्यको दायित्व वहन गर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: May 12, 2020| 12:49 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।