बुधबार, साउन २०, २०८३

पर्सामा ६०० को स्वाब परीक्षण गर्दा ३९ जना संक्रमित

पर्सामा ६ सय जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गर्दा ३९ जना संक्रमित भेटिएका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

जियालाल साह

जियालाल साह

मंगलबार, वैशाख ३०, २०७७

पर्सा- पर्सामा ६ सय जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गर्दा ३९ जना संक्रमित भेटिएका छन्।

उनीहरुको स्वाब संकलन नेपाली सेनाको अगुवाइमा शुक्रबार र शनिबार गरिएको नारायणी अस्पतालले जनाएको छ। त्यसपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकाे थियाे।

अस्पतालका अनुसार उनीहरु सबै छपकैया वडा नम्बर ३, २, मा र सुगौलीबिर्तास्थित सिद्धार्थ क्वारेन्टिनमा थिए।

संक्रमित ३९ जना सबै क्वारेन्टिनमा बस्दै आएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिस्ट हीराबाबु पाण्डेले बताए।

केही बेरअघि स्वास्थ्य मन्त्रालयले थप ५७ जनामा कोरोना भाइरस पुष्टि भएको जनाएको छ। तीमध्ये ३९ जना पर्साका छन्।

प्रकाशित: May 12, 2020| 14:33 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।