शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवेकशील नेपालीकी नेतृ रञ्जु दर्शनासहित युवाहरु पक्राउ (भिडियो)

विवेकशील नेपालीकी नेतृ रञ्जु दर्शनासहित युवाहरु पक्राउ (भिडियो)

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले आज माइतीघर मण्डलबाट पक्राउ गरेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले आज माइतीघर मण्डलबाट पक्राउ गरेको छ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। प्लाकार्डसहित पुगेका उनीहरुलाई प्रदर्शन सुरु गर्नुअघि नै भ्यानमा हालेको थियो।

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

विवेकशीले नेपाली दलका अध्यक्ष मिलन पाण्डेले कूटनीतिक पहल गरेर लिपुलेक फिर्ता ल्याऊ भन्दा प्रहरीले दमन गरेको बताएका छन्।

सामाजिक दूरी कायम गरेर गरिएको प्रदर्शनमा पनि किन यस्तो दमन ? भन्दै उनले प्रश्न गरेका छन्। पक्राउ परेकाहरुलाई तुरुन्तै रिहाइ गर्न उनले माग गरेका छन्।

प्रकाशित: May 12, 2020| 16:06 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।