शनिबार, भदौ ६, २०८३

वीरगन्जका दुई जना पत्रकारमा कोरोना संक्रमण

नेपालमा पहिलो पटक पत्रकार पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्। पर्सामा मंगलबार संक्रमण पुष्टि भएका ३९ जनामध्ये दुई जना पत्रकारमा पनि संक्रमण भेटिएको हो।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

नेपालमा पहिलो पटक पत्रकार पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्। पर्सामा मंगलबार संक्रमण पुष्टि भएका ३९ जनामध्ये दुई जना पत्रकारमा पनि संक्रमण भेटिएको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जिल्लाका केही पत्रकारहरुलाई पनि कोरोना संक्रमण भेटिएको बताए।

‘केही समय पहिले हामीलाई ज्ञापनपत्र बुझाउन आउने पत्रकार पनि संक्रमित भएको सुनिएको छ’, बस्नेतले भने, ‘त्यसले हामीलाई पनि त्रसित बनाएको छ।’

संक्रमित पत्रकारहरु दुई दिनअघिसम्म पनि जिल्लाका अन्य पत्रकारसँगै आन्दोलनमा रहेको, उनीहरु निकट रहेर काम गरेको हुँदा वीरगञ्जका सबै पत्रकारहरु पीसीआर परीक्षणको तयारीमा छन्।

(यसअघि विभिन्न स्रोतले वीरगन्जका चार जना पत्रकारमा कोरोना संक्रमण भएको बताएकाले त्यसैअनुसार समाचार प्रकाशित भएकोमा दुई जनाको मात्र पुष्टि भएकाले क्षमा याचनासहित सच्याइएको छ। संक्रमित भनिएका एक पत्रकारले नै नेपाल समयसँगको फोन कुराकानीमा आफूसहित अन्य तीन जना पत्रकारमा कोरोना भएको बताएका थिए)

प्रकाशित: May 12, 2020| 15:58 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।