शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ

मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडिबाट प्रहरीले गिरफ्तार गरेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडिबाट प्रहरीले गिरफ्तार गरेको छ।

नेपालमाथि भारतीय हस्तक्षेपको विरुद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले जानकारी दिए।

कृष्ण पहाडीसहित २२ जना दूतावासको लाजिम्पाटतर्फको गेटअघिबाट पक्राउ परेका हुन्। गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लेखिएका प्लाकार्डहरु प्रदर्शन गरिएको थियो ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित: May 12, 2020| 13:17 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।