नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ वर्षअघि आजकै दिन भएको दासढुंगा घटनाकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन्।
सर्बियन टेनिस स्टार नेवाक जोकोविचले संन्यासअघि सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने दावी गरेका छन्। ३२ वर्षे खेलाडीले एक अन्तर्वार्तामा आफूमाथि पूरा विश्वास रहेको र विश्वको नम्बर १ बन्ने बताएका हुन्।
दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ। चोई नाम गरेकी ती वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकी हुन्।
नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा कार्यान्वयन हुनेमा सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शंका व्यक्त गरेका छन्।