शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमणमा चीनलाई उछिन्यो भारतले

पछिल्लो २४ घण्टामा भारतमा ३५ सयभन्दा बढी संक्रमित थपिए भने चीनमा जम्मा ४ जना। चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आइसकेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

कोरोना भाइरस संक्रमणको मामलामा भारतले चनिलाई उछिनेको छ।

National life

आज (शुक्रबार) रातिसम्ममा भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार ५४६ पुगेको छ। चीनमा भने कोरोना संक्रमितको कुल संख्या ८२ हजार ९३३ छ।

पछिल्लो २४ घण्टामा भारतमा ३५ सयभन्दा बढी संक्रमित थपिए भने चीनमा जम्मा ४ जना। चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आइसकेको छ।

चीनमा कोरोना भाइरसबाट ४ हजार ६३३ जनाको मृत्यु भएको छ। त्यहाँ केही दिनयता कसैको मृत्यु भएको छैन।

भारतमा भने मृतकको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ करिब सय जनाको मृत्यु भएको छ। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७४६ पुगेको छ।

Laxmi sunrise bank
kumari

गएको डिसेम्बर अन्तिम साता चीनको उहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिसकेको छ।

अहिलेसम्म यसबाट ३ लाख ५ हजार नाघेको छ भने संक्रमितको संख्या ४५ लाख ७४ हजारभन्दा बढी छ। यीमध्ये १७ लाख २८ हजार संक्रमित निको भएका छन्।

प्रकाशित: May 15, 2020| 21:50 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।