आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहान हिँड्न निस्किएकी बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बिहान हिँड्न निस्किएकी बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

मोरङमा शनिबार बिहान हिँड्न निस्किएकी बालिका कलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- मोरङमा शनिबार बिहान हिँड्न निस्किएकी बालिका कलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

विराटनगरमा महानगरपालिका–५ की १४ वर्षीया बालिकालाई बिहान करिव साढे ६ बजेतिर घरनजिकै सडकमा हिँडिरहेकी बालिकालाई अपहरण शैलीमा लगेर बलात्कार गरेको आरोपमा विराटनगर–४, इक्राहीका २४ वर्षीय वीरेन गडेरी (पाल) पक्राउ परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले बालिकाको भनाई उद्धृत गर्दै अपहरण शैलीमा सडकबाट उठाएर करिब सय मिटर टाढा मकैबारीमा लगेर बिरेनले बलात्कार गरेको बताए।

वीरेनले बालिकालाई कब्जामा लिएर ज्यान मार्ने धम्की दिँदै मुख थुनेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छन्।

“मोनिङ वाकमा दुई बालिका रहेकोमा सँगै हिँडिरहेकी साथीलाई उठाएर लगेपछि आत्तिएकी अर्की बालिका चिच्याउँदै घर गएर अभिभावकलाई खबर गरेको बुझिएको छ,” राइले भने, “बालिकालाई छाडेर भागेका वीरेनलाई स्थानीयले लखेट्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।”

प्रहरीले पीडकविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको जनाएको छ। बालिकाको कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। बालिका बलात्कार गर्ने वीरेनका आफन्तले घटनास्थलको मुचुल्का उठाउन प्रहरीलाई अवरोध गरेको प्रहरीले जनाएको छ।

पीडितका आफन्त र घटनाका प्रत्यक्षदर्शीलाई आक्रमणको प्रयास गर्ने वीरेनका भाइहरु २२ वर्षीय सुरेन्द्र गडेरी र २० वर्षीय विजय गडेरीलाई पक्राउ गरिएको राईले जानकारी दिए।

 

प्रकाशित: May 16, 2020| 11:56 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।