काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा कार्यान्वयन हुनेमा सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शंका व्यक्त गरेका छन्।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम बाचन गरेर फर्केपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिंदै दाहालले कार्यक्रमको कार्यन्वयन चूनौती पूर्ण रहेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘अहिले कोभिडका कारण जुन परिस्थिति देशमा सिर्जना भएको छ यसले सबैतिर जटिलता उत्पन्न गरेको । त्यसैले नीति तथा कार्यक्रमको चुनौती कार्यान्वयनमै छ।’
नीति तथा कार्यक्रम कार्यान्वयन हुन सके देश प्रगतितर्फ जाने तर, त्यस्तो अवस्था नदेखिएको उनले बताए।
उनले भने, ‘मुख्य कुरा कार्यान्वय हो। यो कार्यान्वयन गर्न सकियो भने राम्रै गति लिन्छ।’