आइतबार, भदौ ७, २०८३

पुनर्निर्माण अर्को वर्ष सक्ने सरकारको लक्ष्य

पाँच वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण आर्थिक वर्ष २०७७/०७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

पाँच वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण आर्थिक वर्ष २०७७/०७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पुनर्निर्माणका बाँकी काम आगामी आर्थिक वर्षमा सक्ने उल्लेख छ।

पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीका लागि नीतिगत र कानुनी व्यवस्था गरी निर्माण सामग्रीको सहज आपूर्तिका लागि सम्भाव्य एवं उपयुक्त उत्पादन केन्द्र तोकिने नीति सरकारको रहेको उल्लेख छ ।

हालसम्म चार लाख ९५ हजार निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। क्षतिग्रस्त ७५३ पुरातात्विक सम्पदामध्ये ४०२ को पुननिैर्माण सम्पन्न भएको जनाइएको छ । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको ४० र रानीपोखरीको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

नदी कटान र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति हुने व्यवस्था गरी पुनर्निर्माणको कामलाई तीव्रता दिइने सरकारको नीति छ ।

रासस

प्रकाशित: May 16, 2020| 07:15 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।