मंगलबार, असार ३०, २०८३

संन्यास लिनुअघि फेडरर र नाडाललाई पछि पार्छु : जोकोविच

सर्बियन टेनिस स्टार नेवाक जोकोविचले संन्यासअघि सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने दावी गरेका छन्। ३२ वर्षे खेलाडीले एक अन्तर्वार्तामा आफूमाथि पूरा विश्वास रहेको र विश्वको नम्बर १ बन्ने बताएका हुन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

सर्बियन टेनिस स्टार नेवाक जोकोविचले संन्यासअघि सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने दावी गरेका छन्। ३२ वर्षे खेलाडीले एक अन्तर्वार्तामा आफूमाथि पूरा विश्वास रहेको र विश्वको नम्बर १ बन्ने बताएका हुन्।

जोकोविचले अहिलेसम्म १७ ग्रान्ड स्लाम जितेका छन्। त्यस्तै स्पेनका राफेल नडालले १९ र अर्जेन्टिनाका रोजर फेडररले सबैभन्दा धरै २० प्रतियोगिता जितेका छन्। उनीहरुलाई पछि छोडे्दै जोकोविचले आफू अगाडि आउने बताएका हुन्।

जोकोविचले भने, ‘आफूप्रति सधै विश्वस्त छु। मलाई विश्वास छ कि म सबैभन्दा धेरै ग्रान्ड स्लाम जितेर वर्ल्ड रेकर्ड कायम गर्ने छु। यस मामलामा म लामो समयसम्म नम्बर एकमा रहन पनि सक्छु। वास्तवमा मेरो लक्ष्य यही छ।’

फेडेरर यो साल ३९ वर्षका हुँदैछन्। त्यसैले ३२ वर्षिय सर्बियनले आफ्नो टेनिस करियर अझै ८ वर्षसम्म रहने बताएका छन्। जोकोविच भन्छन्, ‘खेलका धेरै सीमा हुन्छन् भन्ने कुरामा म विश्वास गर्न सक्दिनँ। यि सीमाहरु केवल अहंकार वा दिमागको भ्रम मात्र हो। कसैले यसलाई चिरेर अघि बढ्न पनि सक्छ र सक्नुपर्छ।’

३२ वषे जोकोविचले सन् २००८ मा पहिलो पटक ग्रान्ड स्लमम जितेका थिए। अष्ट्रेलियामा सम्पन्न प्रतियोगितामा सहभागी हुँदा उनी विश्वका तेस्रो नम्बरका खेलाडी थिए।

यो साल पनि कोरोना महामारी पहिला उनले फेब्रुअरीमा आठौं पटक अष्ट्रेलियन ओपन ग्रान्ड स्लाम जिते। फाइनलमा अष्ट्रेलियाका डोमिनिक थिएमलाई हराउँदै ८ औं पटक उपाधि हात पारे।

तर अहिले कोरोना महामारीका कारण वर्षको दोस्रो ग्रान्ड स्लमम विम्बल्डन रद्द गरिएको छ। जबकी तेस्रो फ्रन्च ओपन भने सेप्टेम्बरसम्मका लागि स्थगित गरिएको छ। यही वर्षको अन्तिममा हुने ओपन अक्टोबर–नोभेम्बरमा हुने तय भएको छ। जसलाई लिएर आउँदो महिना फैसला हुने बताइएको छ।

‘नो भ्याक्सिन, नो टेनिस’को विरोधमा जोकोविच

केही टेनिस खेलाडी र संघले अब कोरोनाको भ्याक्सिन पत्ता लगाएपछि मात्र खेल फर्कने बताउँदै आएका छन्। केही समय अघि मात्र पूर्व वल्र्ड नम्बर वान टेनिस खेलाडी एमी सेरेस्मोले ‘नो भ्याक्सिन, नो टेनिस’ अभियान चलाएका थिए। जोकोविचले यो अभियानको विरोध गरेका थिए।

उनले भनेका थिए, ‘खेल्ने अथवा नखेल्ने मानिसको स्वतन्त्रताको कुरा हो। यसको लागि कसैलाई बाध्यकारी बनाउन पाइँदैन।’

प्रकाशित: May 16, 2020| 08:00 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।