मंगलबार, असार ३०, २०८३

बन्द रंगशालामा बुन्डेसलिगा आजबाट सुरु हुँदै

जर्मनको शीर्ष लिग बुन्डेसलिगा आजबाट पुनः सुरु हुँदै छ। कोरोना भाइरस (कोभिड–१९) का कारण मार्चबाट स्थगित भएको फुटबल आजबाट मैदान फर्कन लागेको हो।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

जर्मनको शीर्ष लिग बुन्डेसलिगा आजबाट पुनः सुरु हुँदै छ। कोरोना भाइरस (कोभिड–१९) का कारण मार्चबाट स्थगित भएको फुटबल आजबाट मैदान फर्कन लागेको हो।

बुन्डेसलिगा अन्तर्गत आज ६ खेल हुने छन्। खेल होम अवेको आधारमा हुनेछ। बन्द रंगशालामा फुटबल प्रतियोगिता सम्पन्न गर्ने जर्मन फुटलब संघ (डीएफएल)ले जनाएको छ।

जर्मनमा कोरोनाको संक्रमण दर बढ्दो रहे तापनि सरकारले खेल गराउने अनुमति दिएपछि मात्र फुटबल सुरु हुन लागेको हो। अहिलेसम्म जर्मनमा एक लाख ७५ हजारभन्दा धेरै मानिसमा संक्रमण देखिएको छ भने आठ हजार मानिसको ज्यान गइसकेको छ।

त्यस्तै खेल सुरु हुनुपूर्व शीर्ष २ लिगका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ३६ क्लबका १७ सय खेलाडी, प्रशिक्षक र अन्य कर्मचारीलाई टेस्ट गर्दा १० जनामा केरोना देखिएको थियो।

कोरोना देखिएको टिम भने आइसोलेसनमा रहेको डीएफएलले जनाएको छ।

आज हुने खेल (नेपाली समयअनुसार)

१. होफिनहम र हेर्थ– साँझ ७ः१५
२ं. अगस्बर्ग र वुल्भस्बर्ग– साँझ ७ः१५
३ं. डर्टमन्ड र सयक– साँझ ७ः१५
४. डुसेल्ड्रोफ र पदेर्वन– साँझ ७ः१५
५. आरबी लेप्जिङ र एससी फ्रिबर्ग– साँझ ७ः१५
६. एन्ट्यिाक्ट फ्रान्फुट र मोन्चुनग्लखबग– राति १०ः१५

प्रकाशित: May 16, 2020| 08:30 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।