आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्ध सुर्तीको पातबाट बन्यो भ्याक्सिन, मानिसमा परीक्षण गरिँदै

कोरोनाविरुद्ध सुर्तीको पातबाट बन्यो भ्याक्सिन, मानिसमा परीक्षण गरिँदै

सुर्तीको पातबाट प्रोटिन उत्पादन गरेर त्यसको प्रयोग गरी भ्याक्सिन तयार गरिएको हो। प्रि–क्लिनिकल ट्रायलमा यसको रेस्पोन्स पोजेटिभ आएको बताइएको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउने प्रयास जारी छ। विश्वभरमा चिकित्सक, वैज्ञानिक तथा खोजकर्ताहरु यसमा जुटेका छन्।

यसै क्रममा चुरोट उत्पादन गर्ने एक कम्पनीले कोरोना भाइरस विरुद्धको भ्याक्सिन तयार गरेको दाबी गरेको छ।

ब्रिटिस अमेरिकन टोबाको (बीएटी) ले सुर्तीको पातबाट यस्तो भ्याक्सिन बनाएको दाबी गरेको हो। उक्त भ्याक्सिन मानिसमा परीक्षणका लागि तयार भएको उसले बताएको छ।

सुर्तीको पातबाट प्रोटिन उत्पादन गरेर त्यसको प्रयोग गरी भ्याक्सिन तयार गरिएको हो। प्रि–क्लिनिकल ट्रायलमा यसको रेस्पोन्स पोजेटिभ आएको बताइएको छ।

अमेरिकी फुड एन्ड ड्रग एजेन्सीले अनुमति दिए यही जुनको अन्तिममा यसको परीक्षण सुरु हुन सक्नेछ।

गत महिना भ्याक्सिन बनाउने घोषणा गर्दैै कम्पनीले सरकारको सहयोग मिलेको खण्डमा एक सातामा ३० लाख डोज बनाउने दाबी गरेको थियो।

उता अक्सफोर्ड विश्वविद्यालयका केही शोधकर्ताहरुले पनि कोरोना भाइरसविरुद्धको खोप निर्माणमा सुरुआती सफलता प्राप्त गरेका छन्।

अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्यूटका अनुसन्धानकर्ताले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको खोप बनाउन काम सुरु गरेका थिए।

अहिले यो खोपको बाँदरमा सफल परीक्षणपछि मानिसहरुमा परीक्षण भइरहेको छ। अनुसन्धानकर्ताको रिपोर्टमा यो खोप ६ वटा बाँदरमा परीक्षण गरिएको थियो। ती बाँदरलाई नयाँ बनाइएको खोप दिइएपछि कोरोना भाइरसको ठूलो मात्रा उनीहरुको शरीरमा प्रवेश गराइएको थियो।

केही बाँदरमा यो खोप दिइएको १४ दिनमा एन्टिबडी विकसित भयो भने केहीलाई २८ दिन लाग्यो।

बीबीसी

प्रकाशित: May 16, 2020| 06:40 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।