आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'दासढुंगालाई दुर्घटना मान्न जनता तयार छैनन्, गहिरो छानबिन गर्छौं'

'दासढुंगालाई दुर्घटना मान्न जनता तयार छैनन्, गहिरो छानबिन गर्छौं'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ वर्षअघि आजकै दिन भएको दासढुंगा घटनाकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ वर्षअघि आजकै दिन भएको दासढुंगा घटनाकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन्।

२७ औं मदन-आश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो वर्षगाँठको सन्दर्भमा आज संयुक्त वक्तव्य जारी गर्दै अध्यक्षद्वयले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा मृत्यु भएको थियो। उनीहरु चढेको जिप त्रिशूली नदीमा खसेको थियो।

'उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्,' ओली र प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२७ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछ ।'

त्यस्तै ओली–प्रचण्डले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प समेत गरेका छन्। मदन आश्रित स्मृति दिवसकै सन्दर्भ पारेर ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो ।
कोरोना भाइरसको जोखिमका कारण देशभर बन्दाबन्दी (लकडाउन) भएकाले नेकपाले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको वर्षगाँठका अवसरमा कुनै औपचारिक कार्यक्रम राखेको छैन।

प्रकाशित: May 16, 2020| 09:00 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।