आइतबार, भदौ ७, २०८३

२५ जिल्लामा फैलियो कोरोना (जिल्लागत विवरणसहित)

मुलुकका २५ जिल्लाका २६७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- मुलुकका २५ जिल्लाका २६७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार प्रदेश ५ को दाङमा कोरोना भाइरसका ३ जना संक्रमित देखिएका छन्। दाङमा संक्रमित देखिएकाे याे पहिलाेपटक हाे।
उदयपुरमा ३३ जना, झापामा २, भोजपुरमा १ जना संक्रमित देखिएका छन्।  यस्तै धनुषामा ४, पर्सामा ८९, बारामा ३, महोत्तरीमा २, रौतहटमा ३, सप्तरीमा १ र सर्लाहीमा २ जनामा कोराना पुष्टि भएको छ।

काठमाडौंमा ७, भक्तपुरमा २, चितवनमा २, धादिङमा २, मकवानपुरमा १ जना संक्रमित भएका छन्। यस्तै बाग्लुङमा २, नवलपरासी पूर्वमा १, नवलपरासी पश्चिममा १, बर्दियामा १, बाँकेमा ३३, रुपन्देहीमा २८, कपिलवस्तुमा ३९ र दाङमा ३ जना संक्रमित छन्।

यसैगरी सुदूरपश्चिमका कञ्चनपुरमा १ र कैलालीमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यीमध्ये उदयपुरका १४, झापका २ भोजपुरका १, धनुषाका १, पर्साका ३ जना उपचारपछि घर फर्किएका छन्। निको भएका अन्यमा रौतहटका १, काठमाडौंका ३, चितवनका २, धादिङका १ र बागलुङका २ जना छन्।

यस्तै रुपन्देहीका १, कञ्चनपुरका १ र कैलालीका ४ गरी ३६ जना घर फर्किएका छन्। संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयकाे भनाइ छ।

प्रकाशित: May 16, 2020| 06:30 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।