मंगलबार, पुस १, २०८२

'सञ्जीवनी ल्याउनुपर्नेमा सरकारले पहाडै ल्यायो'

पूर्वअर्थमन्त्री तथा अर्थविद्हरुले नीति तथा कार्यक्रम भद्रगोल रुपमा आएको टिप्पणी गरेका छन्। स
 |  शुक्रबार, जेठ २, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- पूर्वअर्थमन्त्री तथा अर्थविद्हरुले नीति तथा कार्यक्रम भद्रगोल रुपमा आएको टिप्पणी गरेका छन्।

National life

सत्तारुढ नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रमले कुन विषयलाई प्राथमिकता दिएको हो भन्ने नै अस्पष्ट रहेको प्रतिक्रिया दिए।

उनले एकैपटक ठूलो बास्केटमा नीति तथा कार्यक्रम ल्याइएकाले कुन माथि कुन तल भन्ने ठम्याउनै नसकिएको बताए।

पूर्वमन्त्री पाण्डेले भने, ‘केही पुराना आयोजनालाई निरन्तरता दिए पनि श्रम, रोजगार, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ, यो राम्रो पक्ष हो।’ उनले नीति तथा कार्यक्रमलाई बजेटमा कसरी प्राथमिकता दिइन्छ हेर्न बाँकी रहेको बताए।

अर्थशास्त्री डा. डिल्लीराज खनालले निजी क्षेत्रलाई लक्षित गरी स्पष्ट कार्यक्रम नआएको प्रतिक्रिया दिए। उनले नीति तथा कार्यक्रममा कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्ने खालको ठोस व्यवस्था पनि नभएको बताए।

Laxmi sunrise bank
kumari

कांग्रेसको छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजालले बजेटमा नीतिगत व्यवस्था नै प्रभावकारी नभएको टिप्पणी गरे।

उनले नेपाल समयसँग भने, ‘अहिले कोभिड १९ को संक्रमणका कारण नेपाली जनतालाई सञ्जीवनी बुटी आवश्यक छ तर सरकार भने पहाडै बोकेर आएको छ।‘  उनले अहिलेको अवस्थामा उच्च आर्थिक वृद्धिदर हासिल हुनै नसक्ने बताए।

कांग्रेस युवा नेता गगन थापाले नीति तथा कार्यक्रम कोभिड १९ ले पारेको असरलाई लक्षित गरेर नआएको प्रतिक्रिया दिएका छन्।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले ट्विटरमा लेखेका छन्, ‘नीति तथा कार्यक्रम आउनुअगाडि डराएको थिएँ, अब ढुक्क भएँ। कोरोनाले नेपालमा खासै प्रभाव पारेको रहेनछ। ढुकुटी पनि दह्रै रहेछ। साधनस्रोत प्रशस्तै रहेछ। ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ। देश परदेशमा भएको कोही पनि आत्तिनु पर्ने रहेनछ। सरकार त पाएकै हो। धन्यवाद मेरो सरकार!’

प्रकाशित: May 15, 2020| 21:58 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्