आइतबार, भदौ ७, २०८३

थप ६ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २७३

नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९ वर्षका २ पुरुषमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे। 

यसैगरी सर्लाही रामनगर ४ की १८ वर्षीया महिला र चितवन गडौली १ की २५ वर्षीया महिला पनि काेराेना संक्रमण देखिएकाे छ। योसमेत नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 16, 2020| 10:28 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।