आइतबार, भदौ ७, २०८३

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७

नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, भेरी अस्पताल नेपालगन्ज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ। आज संक्रमित पुष्टि भएकामा वीरगन्जका ४ जना (९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला), उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका ३ जना (गढवा ४ र ५ तथा तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षका पुरुष) तथा काठमाडौं सतुंगलका ७ वर्षीय बालक छन्। 

उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताएका छन्।

प्रकाशित: May 15, 2020| 20:47 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।