जो ठूला सहरहरुबाट आफ्नो गाउँको घरमा गइरहेका छन्, तीमध्ये कैयौं कोरोना संक्रमित पाइएका छन्। भारतमा मार्च २४ देखि लकडाउन छ र त्यतिखेरदेखि नै मजदुरको ज्यान बचाउने चुनौती कायम नै छ।
झापा जिल्लामा एकै गाउँका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका दश युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले ५० वेडको क्वारेन्टिन निर्माण गरेको छ । लकडाउन भएको ५० दिनभन्दा बढी समय बितिसकेपछि उपमहानगरले जनकपुरमा ५० वेडको क्वारेन्टिान सञ्चालनमा ल्याएको हो ।
बैशाख ३० गतेपछि दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल हुन सकेको छैन। नेताहरुबीच छलफल हुन नसक्दा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गराउने प्रक्रियामा अलमलमा परेको छ।
कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएपछि प्रदेश सरकारले कोरोना परीक्षणको रणनीतिमा केही फेरबदल गरेको छ। सोमबार दैलेखको आठबिस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएपछि प्रतिकार्य अभियानलाई थप प्रभावकारी बनाउन भारतबाट...
राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ। यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गरेको नीति...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई कोरोना भाइरस विषयमा ‘प्रवचन’ दिएका छन्। यसअघि स्वास्थ्यकर्मीहरुसँगको छलफलमा कोरोनाका विषयमा दिएको विवादित बयान नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा दोहोर्याएका हुन्।