आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाका कारण ६ करोड गरिब थपिने विश्व बैंकको प्रक्षेपण, १ खर्ब ६० अर्ब डलरको प्याकेज घोषणा

कोरोनाका कारण ६ करोड गरिब थपिने विश्व बैंकको प्रक्षेपण, १ खर्ब ६० अर्ब डलरको प्याकेज घोषणा

विश्व बैंक समूहले कोरोना भाइरसको असरका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका मुलुकहरुका लागि १ खर्ब ६० अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

विश्व बैंक समूहले कोरोना भाइरसको असरका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका मुलुकहरुका लागि १ खर्ब ६० अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको छ।

यो प्याकेज कोरोना प्रभावित सय वटा मुलुकका लागि हो। प्याकेजअनुसार अनुदान र सहुलियतपूर्ण ऋणका ती मुलुकहरुले यो रकम प्राप्त गर्नेछन्।

कोरोना संकटपछि विश्व बैंकले घोषणा गरेको यो अहिलेसम्मकै ठूलो प्याकेज हो। कोरोनाका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको उद्धार गर्न तथा स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको विश्व बैंकले जनाएको छ।

सोमबार स्वीकृत भएको सहायता आगामी १५ महिनाभित्र तोकिएका मुलुकहरुले क्रमशः प्राप्त गर्नेछन्। यो सहायता मुलुकहरुलाई चरम आर्थिक संकटबाट माथि उठाउन कोशेढुंगा सावित हुने विश्वास विश्व बैंंकले गरेको छ।

कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिका कारण संसारभर करिब ६ करोड मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले सय वटा मुलुकमा आपतकालीन अपरेसनका लागि विश्व बैंकले सहायता घोषणा गरेको बताएका छन्। यसबाट अन्य दाताहरुले पनि आफ्नो सहायता अगाडि लैजान मद्दत पुग्ने उनको विश्वास छ।

प्रकाशित: May 20, 2020| 06:35 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्