आइतबार, भदौ ७, २०८३

कोरोना जितेर काममा फर्किए रुसी प्रधानमन्त्री

रुसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन २० दिन लामो उपचारपछि कोरोनामुक्त भएका छन् ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

रुसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन २० दिन लामो उपचारपछि कोरोनामुक्त भएका छन् ।

कोराना निको भएसँगै मिशुस्तिन मंगलबारबाट काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ।

गत अप्रिल ३० मा कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । २० दिनको उपचारपछि उनी काममा फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

प्रधानमन्त्री मिशुस्तिनमा कोरोनाको संक्रमण देखिएपछि उनको जिम्मेवारी राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्रे बेलोउसोभले कार्यबहाक प्रधानमन्त्रीका रूपमा सम्हाल्दै आएका थिए।

रुसमा अहिलेसम्म २ लाख ९९ हजार ९ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने २ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ । ७६ हजार १ सय ३० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित: May 20, 2020| 06:56 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।