शनिबार, फागुन ३०, २०८२

कोरोना संक्रमण रोक्न अब सजिलो छैन भारतलाई

जो ठूला सहरहरुबाट आफ्नो गाउँको घरमा गइरहेका छन्, तीमध्ये कैयौं कोरोना संक्रमित पाइएका छन्। भारतमा मार्च २४ देखि लकडाउन छ र त्यतिखेरदेखि नै मजदुरको ज्यान बचाउने चुनौती कायम नै छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

भारत सरकारले हिजो मंगलबार ठूला सहरहरुबाट मजदुरलाई आफ्नो घर पठाउनका लागि स्पेसल रेल तथा ठूलो संख्यामा बस चलाउने घोषणा गर्‍यो।

National life

लकडाउनका कारण त्यहाँ लाखौं मजदुरले खान पाएका छैनन् र उनीहरु सडकमा आएका छन्। मजदुरको बिचल्ली भएका सैकडौं तस्बिर दैनिक रुपमा सार्वजनिक भइरहेका छन्।

अर्कोतिर भारतमा कोरोना भाइरसको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। जो ठूला सहरहरुबाट आफ्नो गाउँको घरमा गइरहेका छन्, तीमध्ये कैयौं कोरोना संक्रमित पाइएका छन्। भारतमा मार्च २४ देखि लकडाउन छ र त्यतिखेरदेखि नै मजदुरको ज्यान बचाउने चुनौती कायम नै छ।

ठूलो संख्यामा मजदुरहरु पैदल यात्रामा निस्किन थालेपछि गृह मन्त्रालयले त्यसलाई रोक्न रेल चलाउन लागेको हो।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघिसकेको छ। ३३ सयको मृत्यु भइसकेको छ। संक्रमितको संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो।

Laxmi sunrise bank
kumari

कोरोनाको हटस्पट बनेका मुम्बई, दिल्ली, अहमदाबाद जस्ता सहरबाट आफ्नो घर फर्किने प्रवासी (अर्को राज्यका) मजदुरले आफूसँगै भाइरस पनि गाउँ–गाउँमा लैजानेछन्।

मे महिनाको सुरुवातदेखि बिहारमा जति संक्रमण भएको छ, त्योमध्ये ७० प्रतिशत प्रवासी मजदुरसँग सम्बन्धित छ। उता, ओडिशामा संक्रमितको संख्या १ हजार नजिक पुगेको छ र त्यसमध्ये ८५० बाहिरबाट आएका हुन्।

अधिकारीहरु बताउँछन्– यही नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो।

बीबीसी

प्रकाशित: May 20, 2020| 08:05 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।