आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली भन्छन्– नेपालमा कोरोनाबाट कोही मरेको छैन, दुई जना अरु नै कारणले मरेका हुन्

प्रधानमन्त्री ओली भन्छन्– नेपालमा कोरोनाबाट कोही मरेको छैन, दुई जना अरु नै कारणले मरेका हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई कोरोना भाइरस विषयमा ‘प्रवचन’ दिएका छन्। यसअघि स्वास्थ्यकर्मीहरुसँगको छलफलमा कोरोनाका विषयमा दिएको विवादित बयान नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा दोहोर्याएका हुन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई कोरोना भाइरसको विषयमा ‘प्रवचन’ दिएका छन्। यसअघि स्वास्थ्यकर्मीहरुसँगको छलफलमा कोरोनाका विषयमा दिएको विवादित बयान नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा दोहोर्‍याएका हुन्।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन राष्ट्रिय सभामा पुगेका प्रधानमन्त्री ओलीले सदस्यहरुलाई कोरोनाबाट बच्ने उपायहरु पनि सिकाए।

उनले नेपालमा कोरोनाबाट अहिलेसम्म कोही नमरेको दाबी गरे। दुई जनाको मृत्यु अरु नै कारणबाट भएको उनले तर्क गरे।

राष्ट्रिय सभा सदस्यहरुलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कोरोना रोक्ने उपाय सर्न नदिनु नै हो। बिरामी नहुनु मात्रै हो। त्यसकारण मास्क लगाउने कुरामा लापरवाही नगर्नु होला। सोसल डिस्टान्स मेन्टेन गर्ने कुरामा साथीहरुले लापरवाही नगर्नु होला। साबुन पानीले हात धुने कुरामा लापरवाही नगर्नु होला, धोइ राख्नुपर्छ। तातोपानी खाने र तातोपानीको वाफ लिने कुरा राम्रो हुन्छ। त्यसले फाइदा गर्छ।’

महिना दिनअघि डाक्टहरुको सम्मेलनमा बोसिय र तेलिय तत्वहरुका विषयमा वक्तव्य दिएका प्रधानमन्त्री ओलीले सोही कुरा दोहोर्‍याउँदै भने, ‘मैले प्रायः भन्ने गरेको छु बाह्य सतहमा बोसिय तत्व त्यसको चिल्लो तत्व त्यसको बाहिरि सतहमा हुन्छ। जो खतरनाक हो। त्यसकारण साबुन पानीले हात धुने, तातोपानीले हात धुने। तातोपानी खाने र वाफ लिने कुराले त्यसलाई कन्ट्रोल गर्छ।’

उनले थपे, ‘हाम्रो भान्सा अत्यन्तै वैज्ञानिक छ। हाम्रो भान्सा वैज्ञानिक भएको हुनाले प्रतिरोधी क्षमता छ। हाम्रो देशमा जतिसुकै लागे पनि, अहिले दुई जना मरेको भनेको कोरोनाले छोएपछि मरेकोलाई कोरोनाले नै मरेको मान्नु पर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मापदण्डको कारणले मात्रै कोरोनाले भन्या हो। वास्तवमा कोरोनाले वितेको होइन, बितेको अरु कारणले हो। अरु कम्प्लिकेसनले हो। कोरोनाले त्यस्तो होइन भएको।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘तर, कोरोना लागिसकेको छ भने कोरोनामै गन्नुपर्छ भनेको हुनाले यो कोरोनाले बितेको भन्ने हाम्रोमा दुई जना संख्या आएको हो। तर, नेपालीहरुमा असाधारण प्रतिरोधी क्षमता छ। त्यसो भनेर लापरवाही गर्नु हुँदैन। प्रतिरोधी क्षमता बढाउनु पर्छ। अरु नियमहरुको पालना गर्नुपर्छ, सर्न दिनु हुँदैन।’

अहिलेको नीति तथा कार्यक्रमले स्वास्थ्य सम्बन्धी नारा दिएको उनले बताए। उनले भने, ‘निरोगी नेपाल हुन हाम्रो भान्सा जहाँ बेसार हुन्छ त्यसले प्रतिरोधी क्षमता बढाउँछ। हाम्रोमा लसुन, अदुवा, टिमुर हुन्छ। अमला, कागती सबै औषधीय गुण भएको हो। पिज्जाभन्दा ढिँढो ठीक छ।’

प्रकाशित: May 19, 2020| 17:20 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।