आइतबार, भदौ ७, २०८३

आईसीयूमै मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

जिल्ला अस्पताल रोल्पाको आईसीयूमै ज्यान गुमाएका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

जिल्ला अस्पताल रोल्पाको आईसीयूमै ज्यान गुमाएका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

युवकको सोमवार आईसीयूमै मृत्यु भएको थियो। उनको मिर्गाैलामा खराबी देखिएछि अस्पताल भर्ना भएका थिए। केही कोरोनासँग मिल्दोजुल्दो लक्षण पनि देखिएको थियो। तर, परीक्षणबाट उनमा कोरोना नभएको रिपोर्ट आएको छ।

यस्तै, दाङमा रहेका क्वारेन्टाइनबाट संकलण गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परीक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए।

प्रतिष्ठानमा मंगलबारसम्म ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ। तीमध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र दुईजनाको पोजिटिभ आएको छ।

प्रकाशित: May 20, 2020| 07:13 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।