आइतबार, भदौ ७, २०८३

अड्कियो राजपा–समाजवादी एकीकरण, नेतृत्वमै झमेला

बैशाख ३० गतेपछि दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल हुन सकेको छैन। नेताहरुबीच छलफल हुन नसक्दा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गराउने प्रक्रियामा अलमलमा परेको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- विभाजनको संघारमा पुगेको समाजवादी पार्टी र राजपाको बैशाख १० मा हतारहतार एकीकरणको घोषणा गरियो। तर अझैसम्म शक्ति बाँडफाँडमा कुरा नमिल्दा नवगठित जनता समाजवादी पार्टीे निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन।

पार्टीको नाम, झण्डा, चुनाव चिह्न जस्ता विषयमा सहमति जुटिसकेको छ। एकतालाई मूर्तरुप दिन र निर्वाचन आयोगमा दर्ता गराउन लकडाउनकै अवधिमा सम्पूर्ण जिल्लाबाट केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिसकिएको छ, विधान र घोषणा पत्रको मस्यौदासमेत तयार भइसकेको छ। तर, विवाद जहाँको त्यही छ।

समाजवादी पार्टीका एक नेताका अनुसार बैशाख ३० गतेपछि दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल हुन सकेको छैन। नेताहरुबीच छलफल हुन नसक्दा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गराउने प्रक्रियामा अलमलमा परेको छ।

निर्वाचन आयोगमा निवेदन दिएको ४५ दिनभित्र दर्ता प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ। तर, झण्डै एक महिना हुन लाग्दासमेत सहमति भइसकेको छैन।

नेतृत्वमा विवाद

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकै क्रममा राजपा र समाजवादी पार्टीबीच एकताको चर्चा चलेको थियो। संयुक्त रुपमा निर्वाचन लडेका उनीहरुले निर्वाचनपछि एकता प्रक्रियालाई अगाडि बढाउने भन्दै वार्ता समितिसमेत गठन गरे। तर, पार्टीको नेतृत्व र देशको शासन प्रणालीमा कुरा मिलेन।

अहिले दुबै पार्टीबीच एकताको सैद्धान्तिक सहमति भइसके पनि पुनः त्यही मुख्य दुई विषयमा विवाद छ।

स्रोतका अनुसार समाजवादी पार्टी पक्षले महन्थ ठाकुर र बाबुराम भट्टराईलाई सेरेमोनियल जस्तै बनाएर उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउनु पर्ने माग राखेका छन्। तर, अन्य नेताहरुले चार जना अध्यक्ष बनाएर चारवटा निकायको अधिकार दिनु पर्ने सुझाव दिएका छन्। उक्त विषयमा दुबै पार्टीका नेताहरुबीच सहमति हुन सकेको छैन।

यसैगरी, पूर्व समाजवादी समूह राष्ट्रपतिलाई देशको कार्यकारी प्रमुख बनाउनुपर्ने पक्षमा छ भने राजपा समूह भने अहिले कै मोडल ठिक भन्ने अडानमा छ।

दुबै पार्टीका दोस्रा तहका नेताहरुले भने अहिले पार्टी एकीकरण गरेर अगाडि बढ्ने र पार्टीको महाधिवेशनबाट विवादित विषय टुंगो लगाउने सुझावसमेत दिएका छन्।

नेता महेन्द्र राय यादव भने नेताहरुको व्यस्तताका कारण छलफल रोकिए पनि एकीकरणको प्रक्रिया नरोकिएको बताउँछन्। उनी भन्छन्, ‘छलफल जारी छ, व्यस्तता बढेकाले केही बेर रोकिएको मात्रै हो।’

नेतृत्व र शासन प्रणालीका विषयमा उत्पन्न विवाद ठूलो नभएको र यसमा चाँडै सहमति जुट्ने उनको दाबी छ।

प्रकाशित: May 19, 2020| 18:50 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।