आइतबार, भदौ ७, २०८३

विदेशका नेपालीको उद्धार कहिले ? सरकार छलफलमै

विदेशमा रहेका नेपालीहरुको उद्धारबारे सरकार छलफलकै चरणमा रहेको अधिकारीहरुले बताएका छन्।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

विदेशमा रहेका नेपालीहरुको उद्धारबारे सरकार छलफलकै चरणमा रहेको अधिकारीहरुले बताएका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिमा त्यसबारे छलफल जारी रहेको समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

विदेशबाट नेपालीको उद्धार गर्नेबारे कार्ययोजना बनाउन समितिभित्र छुट्टै समिति बनेको जानकारी दिँदै उनले भने, ‘उनीहरुलाई ल्याउन कार्ययोजना बनेको छ र त्यसमा छलफल भइरहेको छ। सातै प्रदेशका कोरोना फोकल पर्सनले सुझावहरु राख्नुभएको छ। प्राथमिकताका आधारमा व्यवस्थित रुपमा क्रमशः लिएर आउने हो। यहाँ संक्रमण फैलिन पनि दिनु भएन।’

भारत तथा तेस्रो देशमा काम, अध्ययन, स्वास्थ्योपचार तथा निजी–पारिवारिक भेटघाटका लागि गएका, कूटनीतिक नियोगमा काम गरिरहेका, बिरामी परेका, गर्भवती, नेपालमा आफन्तको मृत्यु भएर आउनैपर्ने अवस्था भएकाहरु सबैको प्राथमिकता अनुसार उद्धार गरिने सचिव बिडारीले बताए।

'ह्वारह्वारी मान्छे ल्याएर देशै सोत्तर बनाउने ?'

हिजो (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशभित्रका नागरिकका सुरक्षा गरेपछि मात्र विदेशमा रहेका नेपालीलाई फर्काइने बताएका थिए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, देशभित्रका नागरिकको सुरक्षा प्रबन्ध गरेर बाहिर रहेकाको समस्या समाधान गर्नेमा सरकार क्रियाशील छ।

भित्र भएका नागरिकको सुरक्षा भएपछि मात्र बाहिर रहेकाको समस्या समाधान गरिने उनको भनाइ थियो। विदेशमा रहेका नेपाली फर्काएर तत्काल समस्या समाधान गर्न नसकिने उनले बताए।

प्रधानमन्त्री ओलीले भने, ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टिनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने रु त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौं।

प्रतिपक्षी सांसदहरूले श्रमका लागि विदेश गएर अहिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नागरिकलाई स्वदेश ल्याएर व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्रीले भने श्रम गन्तव्यमा रहेका मुलुकका दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै भने, चिन्ता गर्नु पर्दैन भन्नुभएको छ।

प्रधानमन्त्रीले कतार, यूएई, बहराइन, ओमान, साइप्रसलवगायत मुलुकका प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिहरूसँग त्यहाँ रहेका नेपालीबारे आफूले कुरा गरेको जानकारी दिए। ४० देखि ४५ लाख नेपाली विदेशमा रहेको अवस्थामा सबैलाई ल्याउन सक्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीले बताए।

प्रकाशित: May 20, 2020| 07:05 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।