आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ दिनमा ५ गुणाले बढ्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

१५ दिनमा ५ गुणाले बढ्यो कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

दुई साताअघि वैशाख २३ गते ८२ जनामा मात्रै संक्रमण रहेकामा जेठ ६ गते संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा दुई सातामा करिब पाँच गुणाले संक्रमित बढेका छन्।

वैशाख २३ गते ८२ जनामा मात्रै संक्रमण रहेकामा जेठ ६ गते संक्रमितको संख्या ४ सय २ पुगेको छ।

वैशाख २४ गते १७, २५ गते २, २६ गते १, २७ गते ७, २८ गते १, २९ गते २४, ३० गते ८३, ३१ गते २६, जेठ १ गते ६, २ गते १८, ३ गते १४, ४ गते १४, ५ गते सोमबार ८०, ६ गते मंगलबार २७ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार थपिएका २७ जनामा संक्रमित चार प्रदेशका १३ जिल्लाका छन्। योसँगै नेपालका सातै प्रदेशका ३७ जिल्लामा कोरोना फैलिएको छ।

सबैभन्दा बढी बाँकेमा संक्रमितको संख्या ९४ पुगको छ। बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन्।

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी प्रदेश ५ मा १७६ जना र प्रदेश २ मा १३६ जना कोरोना संक्रमित भेटिएका छन् भने कर्णालीमा प्रदेशमा एक जना मात्र कोरोना संक्रमित भेटिएका छन्।

प्रदेश ५ र प्रदेश २ कोरोना संक्रमणबाट बढी प्रभावित छन्। दिनानुदिन कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँका मानिसमा त्रास पनि बढेको छ।

कुन जिल्लामा कति संक्रमित ?

प्रदेश १ 

उदयपुर- ३३

झापा- १३

मोरङ- ४

भोजपुर- १

धनकुटा- १

खोटाङ- १

सुनसरी- २

संक्रमित - ५४ जना, उपचारपछि घर फर्किएका १७ जना 

प्रदेश २

पर्सा- ९१

रौतहट- २२

धनुषा- ९

बारा- ४

महोत्तरी- ३

सर्लाही- ५

सप्तरी- १

सिरहा- १

संक्रमित - १३६ जना, उपचारपछि घर फर्किएका ५ जना

बागमती प्रदेश 

काठमाडौं- १०

काभ्रेपलाञ्चाेक- १

सिन्धुपाल्चोक- २

भक्तपुर- ३

चितवन- ३

धादिङ- ३

ललितपुर- १

मकवानपुर- १

रामेछाप- १

संक्रमित - २६ जना, मृत्यु  १ जना

गण्डकी प्रदेश

बागलुङ- २

नवलपरासी पूर्व- १

लमजुङ- १

संक्रमित - ४ जना, उपचारपछि घर फर्किएका २ जना

प्रदेश ५

बाँके- ९४

कपिलवस्तु- ४६

रुपन्देही- २८

नवलपरासी पश्चिम- २

बर्दिया- २

दाङ-४

गुल्मी- १

संक्रमित - १७६ जना, मृत्यु १ जना

कर्णाली प्रदेश 

दैलेख- १

सुदूरपश्चिम प्रदेश

कैलाली- ४

कञ्चनपुर- १

संक्रमित - ५ जना, उपचारपछि घर फर्किएका १ जना

हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षाीया वृद्धामा कोरोना पुष्टि भएको छ। सबैभन्दा बढी बाँके र पर्सा प्रभावित छन्। खुला नाका भएकाले भारतबाट लुकिछिपी आउने क्रम बढेकाे छ।

चैत ११ गतेदेखि देश 'लकडाउन'मा छ। चैत ९ गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। चैतको अन्तिमसम्ममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

वैशाख अन्तिमसम्ममा २४३ जना पुगेका थिए। पछिल्लो ६ दिनमा १५९ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ।

प्रकाशित: May 20, 2020| 05:36 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।