आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ हजार तिरेर सार्वजनिक स्वास्थ्य संस्थामा आफैँ पनि कोरोना परीक्षण गर्न पाइने

१५ हजार तिरेर सार्वजनिक स्वास्थ्य संस्थामा आफैँ पनि कोरोना परीक्षण गर्न पाइने

अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् ।

अहिले एक जनालाई परीक्षण गराउन करिब रु. १५ हजार लाग्ने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए।

“सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ,” उनले भने, “तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।” अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ ।

यसैगरी अहिलेसम्म पिसिआरबाट ३२ हजार ६०४ जना र आरडीटीबाट ७४ हजार ६४९ जनामा परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसिआरबाट २ हजार २८० र आरडीटीबाट पाँच हजार ८९ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ६२३ जना र आइसोलेशनमा ४५७ जना रहेका छन् ।

यसैगरी मन्त्रालयले प्रदेश नं २ र ५ मा केन्द्रबाट १०, १० जनाको चिकित्सकको टोली चाडै नै पठाउने भएको छ । ति प्रदेशमा सङ्क्रमण बढेपछि मन्त्रालयले चिकित्सकको टोली चाँडै पठाउन लागेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए। उनका अनुसार ती चिकित्सकको टोलीले ति प्रदेशका सङ्क्रमित फैलिएको ठाउँलाई केन्द्रविन्दु बनाएर कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने छन् ।

यसैगरी मन्त्रालयले काठमाडौँका विभिन्न स्थानमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले परीक्षणको दायरा बढाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार कालिमाटीमा गरिएको ७०० आरडीटी परीक्षणमा तीन जनाको पोजेटिभ रहेको बताए।

यसैगरी सरसफाई गर्ने कर्मचारी ६६४ जनामा गरिएको आरडीटी परीक्षणमा ३१ जना पोजेटिभ देखिएको छ । गोंगबु क्षेत्रमा ४२० जनामा आरडीटी गरिएकोमा १५ जनाको पोजेटिभ, भृकुटीमण्डप क्षेत्रमा ४५२ जनामध्ये ३२ जनामा पोजेटिभ देखिएको छ । उनका अनुसार अहिलेसम्म काठमाडौँका विभिन्न स्थानमा दुई हजार २३६ आरडीटी र एक हजार १९ जनामा पिसिआर गरिएको छ ।
रासस

प्रकाशित: May 19, 2020| 21:45 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।