आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट लुकिछिपी आएका एकै गाउँका १० जनामा कोरोना पुष्टि

भारतबाट लुकिछिपी आएका एकै गाउँका १० जनामा कोरोना पुष्टि

झापा जिल्लामा एकै गाउँका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका दश युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

झापा- झापा जिल्लामा एकै गाउँका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका दस युवामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरूको कोसी कोभिड अस्पताल विराटनगरमा स्वाब परीक्षण भएको थियो । सबैजना कचनकवलस्थित एकै टोलका हुन्। उनीहरूलाई कोसी कोभिड अस्पताल विराटनगर पठाइएको छ।

संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । ११ जनाको टोली गत शनिबार भारतको मुबाईबाट दिल्ली हुँदै लुकिछिपी कचनकवल नाकाबाट नेपाल प्रवेश गरेको थियो।

रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए। संक्रमित समूहमा आएका एकजनामा भने कोरोना संक्रमण देखिएको छैन।

मकैबारीबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सीधै ट्र्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए ।

भारतसँग सीमा जोडिएको कचनकवलमा एकैपटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्ने तयारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले आज (बुधबार) बैठक बसेर गाउँ सिलको निर्णय गर्ने जानकारी दिए।

प्रकाशित: May 20, 2020| 06:28 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।