आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ब्रान्डेड बोतलमा सस्तो मदिरा हालेर बेच्ने पक्राउ, भन्छन्– बैंकको ऋणमा डुबेपछि यस्तो गरेँ

ब्रान्डेड बोतलमा सस्तो मदिरा हालेर बेच्ने पक्राउ, भन्छन्– बैंकको ऋणमा डुबेपछि यस्तो गरेँ

विराटनगरमा महँगो ब्राण्डको बोतलमा कम गुणस्तरको मदिरा राखेर बिक्री गर्ने गरेको पाइएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

विराटनगरमा महँगो ब्राण्डको बोतलमा कम गुणस्तरको मदिरा राखेर बिक्री गर्ने गरेको पाइएको छ।

विभिन्न महँगो ब्राण्डका बोतलमा एकदमै कम गुणस्तरको मदिरा हालेर बिक्री गरेको अवस्थामा मोरङ प्रहरीले विराटनगरबाट ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ।

प्रहरीले विराटनगर–११ स्थित बसपार्कबाट अवैध मदिरा बरामद गरेको हो। न्यू डिएन ट्रेडर्सका नामबाट सञ्चालित पसलबाट विभिन्न ब्राण्डका बोतलमा कम गुणस्तरको मदिरा लगाएर बिक्री गर्ने गरेको पाइएको छ। “महँगो ब्राण्डको बोतलमा रिप्याक गरी बिक्री गर्ने गरेको पाइएको छ । ५० रुपैयाँको मदिरा १२ सयभन्दा बढीमा बिक्री गर्ने गरेको भेटेका छौं,” मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भने।

प्रहरीले पसलमा छापा मारी तयार नक्कली मदिराका बोतलहरूसहित मदिरा बनाउन प्रयोग गरिने राजस्वका स्टीकर, गम, टेप, कच्चा पदार्थलगायत सामग्रीसमेत बरामद गरेको छ ।
पसल सञ्चालन गर्दै आएका विराटनगर–६ शान्तिचोकका श्रवण मुखियाले पसलभित्रै र शान्तिचोकमा रहेको आफ्नो घरमा समेत नक्कली मदिरा उत्पादन गर्दै आएको फेला परेको छ। प्रहरीले उनको घरबाट ६ बोरा बढी सिलप्याक नक्कली मदिरा बरामद गरेको छ भने बसपार्क नजिकको पसलबाट कयौं कार्टुन मदिरा र कच्चा पदार्थ बरामद भएको छ ।

मुखियाले समेत आफूले सस्तो मूल्यको मदिरा महँगो मूल्यको बोतलमा रिफिल गरी बिक्री गरेको स्वीकार गरेका छन्। उनले आफू बैंकको ऋणमा रहेकाले यस्तो कारोबार गर्न थालेको बताएका छन्। प्रहरीले मुखियालाई समेत नियन्त्रणमा लिएर राजस्व कार्यालयसँग मिलेर कारबाही प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित: May 19, 2020| 19:05 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।