आइतबार, भदौ ७, २०८३

जनकपुर उपमहानगरले बनायो ५० वेडको क्वारेन्टिन

जनकपुरधाम उपमहानगरपालिकाले ५० वेडको क्वारेन्टिन निर्माण गरेको छ । लकडाउन भएको ५० दिनभन्दा बढी समय बितिसकेपछि उपमहानगरले जनकपुरमा ५० वेडको क्वारेन्टिान सञ्चालनमा ल्याएको हो ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

जनकपुरधाम उपमहानगरपालिकाले ५० वेडको क्वारेन्टिन निर्माण गरेको छ । लकडाउन भएको ५० दिनभन्दा बढी समय बितिसकेपछि उपमहानगरले जनकपुरमा ५० वेडको क्वारेन्टिान सञ्चालनमा ल्याएको हो ।

उपमहानगरपालिका कार्यालयले जनकपुरधाम–४ राम चोकस्थित गोपाल धर्मशालाको भवनमा क्वारेन्टिान निर्माण गरेको छ । यसअघि जनकपुरधाम–७ जिरोमाइलस्थित स्वस्तीक अस्पतालमा बनाएको क्वारेन्टिन व्यवस्थित नरहेको भन्दै आलोचना भएपछि उपमहानगरले गोपाल धर्मशाला भवनलाई प्रयोग गरेको हो ।

गोपाल धर्मशालामा निर्माण गरिएको क्वारेन्टिन नेपाल सरकारले तोकेको मापदण्डअनुसार रहेको जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झाले दाबी गरिन् ।
धर्मशालाको २५ वटा कोठामा प्रत्येक कोठामा दुई दुईजना बस्ने गरी क्वारेन्टिन तयार पारिएको उनले जानकारी दिइन् ।

‘सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टिन तयार पारिएको छ, खानेपानीदेखि यहाँ बस्नेहरुका लागि टुथब्रससम्मको व्यवस्था गरिदिएका छौं,’ उनले भनिन्, ‘ढिलै भए पनि स्तरीय क्वारेन्टिन बनाउन पाउँदा खुशी लागेको छ ।’

उपमेयर मिश्रले तत्काल ५० बेडको क्वारेन्टिन सञ्चालन गरिए पनि यसलाई चाँडै सय बेडको बनाउने लक्ष्य राखिएको जानकारी दिइन् । ‘५० वटा वेड निजी अस्पतालहरुले सहयोग गरेको छ, थप ५० वटा तयार हुँदैछ,’ उनले भनिन्,‘अरु सबै थोक खरिद भइसकेको छ, बेड आएलगत्तै सय बेडको क्वारेन्टिन सञ्चालनमा आउने छ ।’

क्वारेन्टिन सञ्चालन गर्न छुट्टै बजेट नरहेकोले अन्य बजेटबाट रकमान्तर गर्नुुपर्ने उनले जानकारी दिइन् । क्वारेन्टिनमा बस्नेहरुको खाना र खाजा तयार पार्न छुट्टै भान्सेको व्यवस्था गरिएको उपमेयर मिश्रले बताइन्।

 

प्रकाशित: May 19, 2020| 21:11 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।