अविरल वर्षाका कारण अछामको साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो...
दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएको छ। ब्राजिलियन टिभी च्यानलमा उनी आफैंले यो कुराको पुष्टि गरेका छन्।
एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिएनले ला लिगाको जारी सिजन बार्सिलोनाले जित्ने दाबी गरेका छन्। उनले लिग जित्नेमा आशावादी हुँदै जारी सिजनको विजेता आफैं हुने दाबी गरेका हुन्।
बाहिरी जिल्लाहरुबाट आउने मानिसहरुलाई नाकामा चेकजाँच गर्न नसकेको अवस्थामा (रातको समयमा आउने, बाटो परिवर्तन गरी आउने) व्यक्तिहरुबाट संक्रमण भएको अवस्था छ।
संसदीय उपसमितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कार्यरत कर्मचारीलाई कुनै पनि कम्पनीको साधारण सेयर (आईपीओ) खरिद गर्न प्रतिबन्ध लागउनुपर्ने सुझाव दिएको छ ।