सोमबार, असार २९, २०८३

द्वारीमा सडक भासियो, आवाजजावत ठप्प

अविरल वर्षाका कारण अछामको साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

अविरल वर्षाका कारण अछामको साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो ।

वर्षायाम शुरु भएसँंगै लगातारको वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएको छ । सडक भासिएसंँगै साँफे –मार्तडी राजमार्ग अवरुद्ध हुनाका साथै आवतजावत ठप्प भएको छ । भारी वर्षाका कारण द्वारीमा करीब चार मिटर सडक तल भासिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।

सडक खोल्नका लागि सडक डिभिजन कार्यालय अछामबाट स्काइभेटरसहित इञ्जिनीयरहरुको टोली आए पनि वर्षा नरोकिएका कारण सडक पुनः सञ्चालन नसकेको र बुधबार साँझसम्म मात्रै हुन सक्ने प्रजिअ गैरेले बताए।

अहिले साँफे –मार्तडी सडकमा साना तथा ठूला कुनै सवारी साधन चल्न सकेका छैनन् । मालवाहक ट्रक, ट्रयाक्टरलगायत साधन सडकमै अलपत्र छन् । पैदल यात्राबाट नै मानिसले सामान ओसारपसार गर्नुपर्ने बाध्यता रहेको र त्यसको प्रत्यक्ष मारमा ग्राहक नै पर्ने उद्योग वाणिज्य संघ बाजुराको भनाइ छ । हरेक वर्ष वर्षायाममा साँफे –मार्तडी सडक अवरुद्ध हुँदै आएको छ ।

तलबाट नियमित सडक भासिन थालेपछि अम्कोटबासीमा समेत चिन्ता थपिएको तथा रातभर जाग्राम बसेर रात कटाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी मनराज पाध्यायले गुनासो गरे।

 

प्रकाशित: Jul 08, 2020| 05:58 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।