शनिबार, कात्तिक २९, २०८२

सञ्जीव पराजुलीले ल्याए ‘मन’

गायक सञ्जीव पराजुलीको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ। गीतमा हरि लम्सालको संगीत र प्रल्हाद शाहको शब्द छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- गायक सञ्जीव पराजुलीको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ। गीतमा हरि लम्सालको संगीत र प्रल्हाद शाहको शब्द छ।

National life

त्यस्तै रिकेस गुरुङको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ।

गीत ‘मन’ को भिडियोमा गणेश शाहीको निर्देशन छ। भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्का फिचर्ड छन्। भिडियोमा फराज अर्पण(नेपाल) र राजीव भुसाल (अस्ट्रेलिया) को छायांकन तथा फराजकै सम्पादन छ।

गीतकार प्रल्हादको गीत ‘परानै दिन्छु’, ‘हुक्कामाथि चिलिम’ लगायतका गीत चर्चित छन्। गायक पराजुलीका ‘कर्के नजर’, ‘नाईँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’ जस्ता डान्सिङ नम्बरका गीत पछि ‘मन’ बोलको गीत सार्वजनिक भएको हो।

सञ्जीवको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 07, 2020| 19:12 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्