काठमाडौं– रातो मछिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा मंगलबार बसेको बैठकले रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय गरेको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख राजन भुजुले जानकारी दिए।
यसअघि २४ गते बुधबार रातो मछिन्द्रनाथको रथारोहण गर्ने तयारी थियो।

