मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने पाँच जनाविरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने पाँच जनाविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने पोखरा महानगरपालिकाका तीन कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने पोखरा महानगरपालिकाका तीन कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ।

पोखरा महानगरका तीन कर्मचारी तथा नर्स र शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन नगर प्रहरी सहायक निरीक्षक लो बहादुर कामीले श्री ५ इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, कास्कीबाट कक्षा १० टेष्ट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको अख्तियारले जनाएको छ।

यस्तै पोखरा महानगरपालिकामा सहायकस्तर चौथो पदमा कार्यरत यमुना श्रेष्ठले भद्रकाली माध्यमिक विद्यालय कुँडहर पोखराबाट कक्षा १० उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको छ।

महानगरकै सहायकस्तर चौथो पदमा कार्यरत राम प्रसाद भट्टराईले पनि भानुभक्त आचार्य माध्यमिक विद्यालय गल्याङ स्याङजाबाट कक्षा १० टेष्ट उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको छ।

यस्तै कान्ति बाल अस्पतालका नर्स एड पवित्रा अधिकारीले पनि पशुपति चावहिलबाट एस.एल.सी. पास गरेको नक्कली प्रमाण पत्र पेश गरी २०६४ असोज १ गते देखि हालसम्म जागिर खाएको खुलेको छ।

अख्तियारका अनुसार राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका तत्कालीन प्रा.वि. शिक्षक महन्जी साहले नक्कली अध्यापन अनुमति पत्र पेश गरेर जागिर खाएको खुलेको छ।

जिल्ला शिक्षा कार्यालय, धनुषाबाट स्थायी अध्यापन अनुमति पत्र लिएको भनी तथा नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश २०६६ असोज १५ गते देखि जागिर खाइरहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

प्रकाशित: Jul 07, 2020| 17:41 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।