मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा प्रहरी विधेयकसम्बन्धी प्रस्ताव पारित

प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेस गरेका थिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले सो विधेयकलाई प्रस्तावस्वरुप सदनमा पेस गर्दै यो विधेयकले प्रदेशमा शान्तिसुरक्षा, अमनचयन र अपराध अनुसन्धानमा मद्दत पुग्ने बताए । उनले नेपाल प्रहरी ऐन, २०१२ को निर्देशिकाअनुसार बन्न लागेको यो ऐन संविधानले व्यवस्था गरेअनुसार हुने बताए ।

उनले सङ्घीय प्रहरी समायोजनअन्तर्गत अब यस प्रदेशमा ११ हजार नेपाल प्रहरी हुने भन्दै सरकारको औपचारिक प्रतिनिधिका रुपमा रहेको प्रहरी सक्षम हुने र सेवा पनि व्यवस्थित हुनेमा जोड दिए । प्रहरीको मनोबल उच्च बनाउन यो ऐनले भरपुर मद्दत गर्ने भन्दै मन्त्री कार्कीले प्रहरीको वृत्ति विकास, सरुवा, बढुवामा ध्यान दिएको प्रस्ट पारे ।

सो विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले प्रदेशले आफैँ प्रहरी भर्ना गर्ने ऐन ल्याउन, सुगममा प्रहरी थुप्रिने र विकटमा कम हुने समस्यालाई समाधान गर्न र प्रदेश प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्न माग गरे ।

ऐनले सङ्घीयता कार्यान्वयनमा पनि मद्दत गर्ने उनीहरुको भनाइ छ । छलफलमा सभासद्हरु केदार कार्की, विमल कार्की, बुद्धिकुमार राजभण्डारी र राजकुमार ओझाले भाग लिएका थिए ।

प्रकाशित: Jul 07, 2020| 17:32 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।