मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमतीमा ६७१ जना कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमा

बागमतीमा ६७१ जना कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमा

बागमती प्रदेशमा मंगलबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडाैं- बागमती प्रदेशमा मंगलबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। आज संक्रमित हुनेमा काठमाडौंका १४, ललितपुरका १०, भक्तपुरका चार जना छन्।

मकवानपुर, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङमा एक एक जनामा संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ।

तीमध्ये २४३ जना निको भएर घर फर्किएका छन् भने ४२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोरोना भाइरसबाट बागमती प्रदेशमा ६ जनाको मृत्यु भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौं १७४ जना र सबैभन्दा क दोलखामा ८ जनाका कोरोना भाइरस संक्रमण भएको छ।

जिल्लागत रुपमा संक्रमितको विवरण

काठमाडौं : १७४
ललितपुर : ४९
भक्तपुर : ४३
रसुवा : १०
नुवाकोट : २८
धादिङ : १२४
चितवन : ८९
सिन्धुली : १८
मकवानपुर : २९
रामेछाप : ३०
दोलखा : ८
काभ्रे : १२
सिन्धुपाल्चोक : ५७

 

प्रकाशित: Jul 07, 2020| 19:15 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।