मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौरजहारी घटना : सुष्मा मल्ललाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्चद्वारा सदर

चौरजहारी घटना : सुष्मा मल्ललाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्चद्वारा सदर

रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनामा नवराज बिककी प्रेमिका सुष्मा मल्लसहितलाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

काठमाडौं- रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनामा नवराज बिककी प्रेमिकासहितलाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले रुकुम जिल्ला अदालतको आदेशलाई सदर गरेको हो।

सर्वोच्चले उनीहरुको उमेर १८ वर्षभन्दा मुनि भएकाले हाल बाल सुधारगृहमा राख्ने आदेश मिलेको ठहर गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज हुने फैसला सुनाएको छ।

जिल्ला अदालतको आदेशपछि नवराजकी प्रेमिकालाई भक्तपुर र अर्का किशोरलाई नेपालगञ्ज बाल सुधारगृहमा राखिएको छ।

सर्वोच्चले उमेर नपुगेका व्यक्तिहरुलाई पक्राउ गर्ने, बयान लिने र अनुसन्धानका क्रममा राख्ने क्रममा बालबालिकासम्बन्धी ऐनको व्यवस्था पालना गर्न निर्देशनात्मक आदेश गरेको छ।

जिल्ला अदालतको आदेश चित्त नबुझेमा उच्च अदालत सुर्खेत जानुपर्नेमा बन्दीप्रत्यक्षीकरणको निवेदनसहित सर्वोच्चमा मुद्दा आएको थियो।

त्यस्तै अदालतले किशोरीकी आमालाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने तीन जना साधारण तारेखमा रिहा भएका थिए। दुई नाबालकलाई सुधारगृह पठाइएको छ भने ५ जना अझै फरार छन्।

प्रकाशित: Jul 07, 2020| 18:47 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।