तर्कबहादुरलाई भाइ चेवनले संरक्षण गर्न थालेपछि उनकी श्रीमतिले उनलाई छोडिन्। मानसिक स्वास्थ्य समस्या भएका दाइलाई आफूले पाल्ने भनेपछि श्रीमतिले साथ छोडेको चेवनले बताए।
ऐतिहासिक दर्बाह क्षेत्रको संरचना तोडफोडको पूर्वसूचना पाउँदा पनि नरोकेको भन्दै जनप्रतिनिधिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महादेव पन्थ र प्रहरी प्रमुख हेमकुमार थापाको राजीनामा माग गरेका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुरुप विषयगत समितिमा रहने सदस्य मनोनयन गरेका छन्।