काठमाडौं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या एक हजार ११५ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा पाँच, रामेछापमा दुई तथा भक्तपुर र काभ्रेमा एक एक गरी ९ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
रसुवा जिल्लामा संक्रमित सबै उपचारपछि घर फर्किएकाले शनिबार रसुवा कोरोना भाइरसबाट मुक्त भएको छ।
मन्त्रालयका अनुसार प्रदेशबाट शनिबारसम्म ५३२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
यस्तै ५७३ जना उपचार रहेको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
कुन जिल्लामा कति संक्रमित?
काठमाडौं : ४२९
ललितपुर : ९६
भक्तपुर : ५७
रसुवा : ११
नुवाकोट : ४२
धादिङ : १४१
चितवन : १२३
सिन्धुली : २४
मकवानपुर : ४७
रामेछाप : ३८
दोलखा : ११
काभ्रे : २३
सिन्धुपाल्चोक : ७३