बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकलको ठक्करबाट प्रदेश सभा सदस्य थापा गम्भीर घाइते

मोटरसाइकलको ठक्करबाट प्रदेश सभा सदस्य थापा गम्भीर घाइते

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य अम्बिका थापा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य अम्बिका थापा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्।

धनगढी–८ बुद्धचोकमा शनिबार दिउँसो मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएकी हुन्।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार गरिकोमा होस नखुलेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको रावलले जानकारी दिए।

सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन्।

प्रकाशित: Aug 01, 2020| 20:25 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।