बुधबार, भदौ १०, २०८३

दार्चुलामा बाढीपहिरोमा तीन घर बगे

दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका छन् भने दर्जन बढी घर जोखिममा परेका छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

दार्चुला- दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका छन् भने दर्जन बढी घर जोखिममा परेका छन्।

महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीपहिरोले मानवीय क्षति भएको छैन।

आज आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको छ।

यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको तीनतले घर पनि बाढीपहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिए।

यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ। लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो।

यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ। बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।

अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Aug 01, 2020| 19:37 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।