बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विभिन्न देशमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किए

विभिन्न देशमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किए

विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।

नेपाल एयरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बालबालिका नेपाल ल्याएको छ। सोही एयरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा दुबईबाट रियादबाट २५८ यात्रु ल्याएको छ।

थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बालबालिका तथा दोहाबाट १५३ यात्रु ल्याएको छ। त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ। एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ।

आइतबार पनि विभिन्न एयरलाइन्सका १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ। 

प्रकाशित: Aug 01, 2020| 21:11 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्