बुधबार, भदौ १०, २०८३

नक्कली नोटसहित एक जना पक्राउ

प्रहरीले काठमाडौं महानगरपालिका-३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट नक्कली नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- प्रहरीले काठमाडौं महानगरपालिका-३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट नक्कली नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

एक हजार दरको नक्कली नेपाली नोट १० थानसहित स्याङजा चापाकोट नगरपालिका–५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

पौडेलको सुबिधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको खुलेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

स्टेशनरीबाट कलर प्रिन्टर एक थान, सक्कली एक हजार दरको नोट एक थानसमेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: Aug 01, 2020| 17:38 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।